दोस्रो ठूलोसिरुवारी खेलकुद महोत्सवमा कुण्डला देवी मावि प्रथम


जनतापत्र, चौतारा ।
दोस्रो ठूलोसिरुवारी खेलकुद महोत्सव सम्पन्न भएको छ ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराको साथ आयोजना भएको उक्त दोस्रो महोत्सव बिहिबार सम्पन्न भएको हो । प्रमुख जिल्ला अधिकारी किरण थापाको प्रमुख आतिथ्यतामा चौतारा साँगाचोक गढी नगरपालिका –१३ स्थित नर्सिङ डाँडा शहिद स्मृति खेलकुद मैदान ठूलोसिरुवारीमा खेलकुद महोत्सवको समापन भएको हो ।

कराते महासंघका अध्यक्ष ठूलोसिरुवारी डोजोका प्रमुख प्रशिक्षक गंगा लाल श्रेष्ठले बुधबार र विहिबार भएको खेलकुद महोत्सवमा कराते तर्फ नगरभित्रका ९ वटा मावि विद्यालयहरुको प्रतिस्पर्धा भएको बताउनुभयो । १ सय ८० जना खेलाडीहरुले भाग लिएका उक्त प्रतियोगितामा ठूलोसिरुवारी डोजो शाखा श्री राम देवी मावि हर्रे १२ स्वर्ण, रजत ७ र कास्य ६ सहित प्रथम हुन सफल भएका छन् ।

यसै गरी स्वर्ण ९, रजत ७ र ९ कास्य पदक हासिल गर्दै श्री सतीदेवी मावि ठूलोसिरुवारी दोस्रो भए । श्री कुण्डला देवी मावि ठूलोसिरुवारी ५ स्वर्ण, रजत ३ र कास्य पदक ६ हासिल गरी तेस्रो भए ।

१६ कार्तिक २०८१, शुक्रबार ०४:४४