/*php the_title();*/?>
जनतापत्र, मेलम्ची ।
दुलाल बन्धु सेवा समाजको अध्यक्षमा विजयकुमार दुलाल चयन भएका छन् ।
दुलाल बन्धु सेवा समाज, सिन्धुपाल्चोकको तेस्रो जिल्ला सम्मेलन मेलम्चीमा बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको हो ।
सम्मेलनले विजयकुमारको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा भीमसेन दुलाल र चण्डिका दुलाल सचिवमा रामचन्द्र तुलाल कोषाध्यक्षमा युवराज दुलाल, सदस्यहरूमा मनोरथ दुलाल टिकादत्त दुलाल राजकुमार दुलाल प्रकाश दु
लाल झम्कप्रसाद दुलाल भीमप्रसाद दुलाल चोकबहादुर दुलाल लक्ष्मी दुलाल निर्मला दुलाल र क्षेत्रबहादुर दुलाल निर्वाचित भएका छन् ।
११ चैत्र २०८१, मंगलवार १२:३७