/*php the_title();*/?>
जनतापत्र, बलेफी ।
दुध बिक्रि गरेररै एक कृषकले मनग्य आम्दानी गरेका छन् ।
जिल्लाको बलेफी गाउँपालिका विडा नं ४ विन्जेलका
कृषक डिल्लीराम नेपालले गाई भैंसी पालन गरी वार्षिक २ करोड ९८ लाख ८७ हजार आम्दानी गरेका हुन् ।
नेपालले एक वर्षमा १२ हजार ५ सय सत्र लिटर दुध बेचेर ८ लाख १२ हजार ४ सय लिएको जानकारी दिनुभयो ।
एक वर्षमा ९ हजार ८ सय ९६ लिटर दुध विक्रि गरेर ताराप्रसाद नेपालले नगद आम्दानी ६ लाख १६ हजार तीन सय बीस रुपैँया कमाएका छन् ।
भने, तोयानाथले एक वर्षमा ८ हजार ५ सय चालिस लिटर दुध बेचेर ५ लाख ४८ हजार ४ सय कमाएका छन् ।
एकै गाउँमा दुग्ध पदार्थ उप्पाद गर्ने जिल्लाकै उत्कृष्ट भनेर विन्जेललाई मानिएको छ ।
दुग्ध उत्पादक सहकारी संस्थाको संस्थाका व्यवस्थापक द्वारिका नेपाल, सह व्यवस्थापक गीता सापकोटा, डेरीका अन्य कर्मचारीहरु माधवप्रसाद सुवेदी, जगन्नाथ नेपाल, पूर्णचन्द्र नेपाल, ऋषिराम नोल तथा सवारी चालक रामकाजी तामाङ पुरष्कृत समेत भएका छन् । उत्सवको अवसरमा प्रदेश सांसद सरल सहयात्री पौडेल र बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङको हातबाट पुरस्कार प्रदा नगरिएको छ ।
११ आश्विन २०८१, शुक्रबार ०९:२९