दर्शनका क्रममा पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित ७ जना छुटे

जनतापत्र, काठमाण्डौं ।

प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित ७ जना छुटेका छन् ।
आइताबार दिउँसो पक्राउ परेका उहाँहरू झन्डै ४ घण्टापछि छुटेका हुन् । प्रहरीको नियन्त्रणबाट रिहा भए लगत्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आन्दोलन निरन्तर जारी रहने बताउनु भएको छ।
प्रहरीले राप्रपा अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्रबहादुर शाही र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललाई सिंहदरबार र अन्य तीन जनालाई नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेको थियो ।

७ बैशाख २०८२, आईतवार २२:४८