/*php the_title();*/?>
जनतापत्र, चौतारा ।
हिराहरि तेक्वान्दो डोजाङ , चौतारामा सिनियर तेक्वान्दो खेलाडीहरुको चौतारा रंगशालामा ग्रेडिङ गरिएको छ । साथै आउँदै गरेको नेपालीहरुको महान पर्व वडा दशै, शुभ दीपावली तथा अन्य पर्बको शुभकामना आदानप्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।
रातो कालो पेटि , प्रथम डान कालो पेटी र दोस्रो डान कालो पेटीको ग्रेडिङ भएको छ । रातो पेटीबाट रातो कालो पेटीमा सुसन खत्री र सुनिधी कक्षपति उतिर्ण हुन सफल भएको छ । तेस्तै गरि रेहान श्रेष्ठ, आशिष तामाङ, प्रबेस नेपाल, रजिब ढुंगाना , सदिना खत्री, सदिना चुहान , प्रमिश कटुवाल, उत्सब भारतीरातो कालो पेटीबाट प्रथम डान कालो पेटीमा उतिर्ण हुन सफल भएको छ । तेस्तै गरि प्रथम डान कालो पेटीबाट सोफिया श्रेष्ठ दोस्रो डान कालो पेटीमा उतिर्ण हुन सफल भएको छ ।
नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का वडा सदस्य रामबहादुर घलेको प्रमुख आतिथ्यता जिल्ला फुटबल संघ सिन्धुपाल्चोक र नगर खेलकुद विकास समितिका अध्यक्ष अमृतमान श्रेष्ठ, जनतापत्रका प्रमुख टिका सुबेदी, सिन्धु ज्वालाका निर्मल बस्नेत, अभिभावक तथा खेलाडी हरुको बाक्लो उपस्थिति रहेको थियो ।
ग्रेडिङ पश्चात् कार्यक्रमका प्रमुख अतिथी रामबहादुर घले लगायत अतिथिहरुद्वारा खेलाडीहरुलाइ बधाई तथा विविध चाड पर्बको शुभकामना व्यक्त गरेका थिए ।
सिनियर ग्रेडिङ परिक्षामा उतिर्ण हुन सफल खेलाडीहरुलाइ संस्थापक तथा डोजाङ्ग प्रमुख रमेश गुरुङले बधाई दिएका थिए । ग्रेडिङ ,प्रमुख गुरुङलेनै लिएका थिए ।

५ आश्विन २०८१, शनिबार ०७:२१