/*php the_title();*/?>
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीले पद तथा गोपनीयताको सपथ लिए छन् ।
सपथ लिने नयाँ मन्त्रीमा नेकपा एमालेबाट पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र रास्वपाका डोरप्रसाद अर्याल रहेका छन् । उनीहरुलाई मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन ।
नेपाली कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले लगायतका दलसँग नयाँ गठबन्धन गरेका हुन ।
२१ फाल्गुन २०८०, सोमबार १४:१२