तातोपानी नाकामा मजदुरको मृत्यु


जनतापत्र, तातोपानी ।
नेपाल र चिनको उत्तरी नाका तातापानीमा एक जना मजदुरको ज्यान गएको छ ।
सुक्खा बन्दरगाह तथा भन्सारमा सामान अनलोड गर्ने क्रममा सामनको बाक्साले लागेर मजदुर घाइते भएको थिए । उनको उपचारको लागि अस्पताल लैजादैँ गर्दा बाटैमा ज्यान गएको हो ।

भन्सारमा सामान झार्ने क्रममा सामानले लागेर भोटेकोशी गाउँपालिका–३ दुगुनाका ४३ वर्षीय रामकाजी विक(लोहोरे) बुधवार गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोककले जानकारी दिएको छ । उनिलाइदउपचारको लागि भोटेकोशी गाउँपालिका–४ हिन्दीस्थित काभ्रेको धुलिखेल शाखा अस्पताल लाने क्रममा बाटोमा ज्यान गएको हो ।
अहिले मृतको शव अस्पतालमा राखेर कानुनी प्रक्रियासहित पोस्टमार्टम गरिएको प्रहरीले जानकारी दिएको छ ।
भन्सारको मेनहलमा र्चीनबाट फ्युजन ट्रान्सपोर्ट कम्पनीले ल्याएका सामान अनलोड गरिरहेका लोहोरे काममा लागेका थिए ।
सामान ओइरिएर उनको टाउकोमा लागेको थियो ।
उनले ज्याला मजदुरी गरेर परिवार पालिरहेका थिए ।
लोहोरेको ज्यान गएपछि उनको नौ सदस्यीय परिवारको बिचल्ली भएको छ ।

३ माघ २०८१, बिहीबार १२:४१