डेंगी तथा किटजन्य रोग सम्बन्धी सरोकारवालासँग अभिमुखिकरण


जनतापत्र, मेलम्ची ।
जिल्लाको मेलम्ची नगरपालिकामा डेंगी तथा किटजन्य रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिका जनस्वास्थ्य शाखाका प्रमुख अस्मिता भण्डारीले सरोकारवाला सबैलाई यस रोगको रोकथाम बारे जानकारी गराइ सामुदायिक सहभागीता तथा बहुनिकाय सहकार्य सुनिश्चित गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
नगर उपप्रमुख उमा प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा पछिल्लो समय संक्रामक रुपमा फैलिरहेको डेंगीरोगको अवस्था र रोकथामको उपायका बारेमा जानकारी गराइएको थियो । संक्रमित एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस जातको पोथि लामखुट्टेको टोकाइबाट सर्ने यो रोग एउटा मानिसबाट अर्कोमा सोझै नसर्ने मेलम्ची नगर अस्पतालका प्रमुख डाक्टर किरण श्रेष्ठले जानकारी दिनुभयो ।

१४ कार्तिक २०८१, बुधबार ११:४५