डढेलो रोकथामका लागि कृतिम घटना अभ्यास


जनतापत्र, चौतारा ।

डढेलो रोकथामका लागि कृतिम घटना अभ्यास गरिएको छ ।
आइतबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ११, आरुबोटे घुम्तीमा नियन्त्रित डढेलो लगाएर घटना अभ्यास गरिएको हो ।
काठमाण्डौ—चौतारा मुख्य सडकमा सडक प्रयोगकर्ताको असावधानीले वनमा डढेलो लाग्ने जोखीम बढिरहेको छ । सडक किनारा सफा गर्दै नियन्त्रीत डढेलो लगाइएको हो ।
चौतारा साँगाचोकगढी ११ का वडाध्यक्ष रोशनराज गिरीको भूमिकाको नमुना अभ्याससँगै डँडेलो नियन्त्रण कार्यमा प्रशंसा गर्नुभएको छ ।
वडाध्यक्ष गिरीका अनुसार, वडा भित्र पर्ने बन्देउ चौतारा सडक, अरनिको राजमार्ग, मध्यपहाडी राजमार्ग जस्ता ठूला राजमार्गमा सवार सवारी साधन र यात्रुहरूको गतिविधि र असावधानी बाट सुरु हुन सक्ने डँडेलो जन्य कार्य नियन्त्रणको लागी सडक आसपास निय
न्त्रित डँडेलो कार्य सुरु गरिएको हो ।

उहाँका अनुसार, सडक आसपास जम्मा भएको पतकर, दाउरा सङ्कलन गरेर नियन्त्रित डढेलो लगाउनुका साथै झाडी सफाइ र अग्निरेखा सफाइले यो क्षेत्रमा गत वर्ष डँडेलो नलागेको जानकारी दिनुभयो ।

२६ फाल्गुन २०८१, सोमबार १२:४८