डढेलो नियन्त्रण सम्बन्धी दुई दिने कार्यक्रम सम्पन्न


जनतापत्र, पाँचपोखरी ।
सामुदायिक वन व्यवस्थापन तथा डढेलो नियन्त्रण सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजनामा “शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन, समृद्ध पाँचपोखरीको मूलधन” भन्ने नारासहित वडा नं. ७ तिपेनीस्थित सामुदायिक भवनमा सो कार्यक्रम सम्पन्न भएको हो ।
चैत १० र ११ गते भएको कार्यक्रममा पाँचपोखरी थाङपाल गाउँपालिकाभित्र रहेका दर्ता भएका तथा नभएका ३९ वटा सामुदायिक वन समूह र ५९ वटा कबुलियती वन उपभोक्ता समितिहरूका प्रतिनिधि गरी कुल ७९ जना उपस्थिति भएका थिए ।

प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष टासी लामा रहनुभएको थियोे भने, कार्यक्रमको अध्यक्षता गाउँपालिकाका विपद् फोकल पर्सन नारायण क्षेत्रीको थियो ।
गाउँपालिकाभित्र हाल ३९ सामुदायिक वन समूह र ५९
कबुलियत वन उपभोक्ता समिति रहेको स्मरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका टासी लामाले बताउनुभयो ।
गाउँपालिकाले अबदेखि वन डडेलो नियन्त्रणमा कडाइका साथ कार्य गर्ने घोषणा गरेको छ । डडेलो लगाउने जो कोहीको जानकारी गोप्य रूपमा गाउँपालिकालाई दिएमा उचित पुरस्कार तथा कारबाहीको व्यवस्था गरिने जानकारी दिनुभयो ।

११ चैत्र २०८१, मंगलवार १२:३६