/*php the_title();*/?>
जनतापत्र, चौतारा ।
प्रहरीद्धारा ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) बरामद गरिएको छ । गएराति चीनको तातोपानी नाका हुँदै ट्रकबाट ७४० पिस भेप बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
बाह्रबिसे प्रहरी एरिया अन्तर्गतको खुर्सानीबारी अस्थायी प्रहरी पोष्टद्धारा गएराति ना ६ ख ५४९६ नम्बरको ट्रक चेकजाँचको क्रममा भेप बरामद गरिएको हो । उक्त भेपलाई राजश्व कार्यालयको जिम्मा लगाइने सिन्धुपाल्चोक प्रहरीले बताएको छ ।
६ चैत्र २०८१, बिहीबार १३:२२