जनतापत्र, चौतारा ।
ज्ञान मन्दिर नमुना माविले ४९ औं वार्षिकोत्सब धुमधामका साथ मनाएको छ ।
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा नजिकै रहेको श्री ज्ञान मन्दिर नमुना माविले आइतबार ४९ औं बार्षिक उत्सव समारोह भव्य कार्यक्रम आयोजना गरी मनाएको हो ।
नगरपालिकाको ७ नं वडास्थित मेलचौरमा यो विद्यालय अवस्थित छ ।
चौतारा साँगाचोकगढी नगरपालिकको मेयर कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा ज्ञान बाटिका नामक स्मारिका बिमोचन गरेर कार्यक्रमको र ज्ञान बाटिका मन्दिरको समेत उद्घाटन गरिएको हो ।
कार्यक्रमको अवसरमा पूर्व विद्यार्थी नेपाल पत्रकार महासंघका नव निर्वाचित अध्यक्ष धुर्व दंगाललाइ बधाई तथा सम्मान ज्ञापन गरिएको छ ।
कार्यक्रममा उपप्रमुख सीता थापा, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख बैकुण्ठ सुवेदी, लगायतका अतिथिहरुले उपस्थिति साथै शुभकामना मन्तब्य राखेका थिए ।
७ माघ २०८१, सोमबार १२:३५