/*php the_title();*/?>

जनतापत्र, सिन्धुपाल्चोक ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जेनजी प्रदर्शनका क्रममा घाइते भएका जिल्लाका छ जनालाई उपचार खर्च लिन आउन आग्रह गरेको छ। प्रशासनले सूचना जारी गर्दै अशोक घोरासैनी, जय राम ढकाल, सोवित तामाङ, सन्तोष दुलाल, खुर्पा तेन्जिङ लामा र अभिषेक श्रेष्ठलाई २० हजार रुपैयाँ उपचार खर्च लिन कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असोज ६ गते भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई तत्काल भैपरी उपचार खर्चका रूपमा २० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो। प्रशासनले घाइतेहरूलाई तीन पुस्ते विवरण, नागरिकता प्रमाणपत्र र उपचार गराएको अस्पतालको कागजातसहित छिटो कार्यालयमा उपस्थित हुन सूचनामार्फत आग्रह गरेको छ।
२४ आश्विन २०८२, शुक्रबार ११:३६