/*php the_title();*/?>
जनतापत्र, काठमाडौं — देशव्यापी रूपमा तीव्र बनेको जेनजी आन्दोलनको बीचमा पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका नेता नन्दबहादुर पुनको दहचोकस्थित निजी घरमा आगजनी भएको छ। स्थानीय स्रोतका अनुसार आन्दोलित समूहको एक भागले पुनको घरमा आगो लगाएको पुष्टि भएको छ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, लामो समयदेखि देखिँदै आएको भ्रष्टाचार, राज्य प्रणालीमा जरा गाडेको बेथिति, र सत्तासीन नेताहरू तथा उनीहरूको परिवारको विलासी जीवनशैलीमाथि प्रश्न उठाउँदै सोमबारदेखि युवाहरूले आन्दोलन सुरु गरेका थिए।
अघिल्लो दिन प्रहरीको गोली लागेर १९ जनाको मृत्यु र सयौँ घाइते भएपछि आजको विरोध प्रदर्शन अझ आक्रामक बनेको हो। विभिन्न ठाउमा तोडफोड, सडक अवरुद्ध र सरकारी कार्यालयहरूमा धावा बोल्ने घटना देखिँदै जाँदा राजधानीसहित देशभर उच्च सतर्कता अपनाइएको छ।
२४ भाद्र २०८२, मंगलवार १४:२०