/*php the_title();*/?>
३२१ जना अझै उपचाररत छन् भने ९४९ जना उपचारपछि घर फर्किए
जनतापत्र, काठमाडौं ।
देशभर भइरहेका जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ। स्वास्थ्य मन्त्रालयले संकलन गरेको विवरणअनुसार विभिन्न अस्पतालमा भर्ना भएका मध्ये १,३६८ जना घाइते भएका छन्। तीमध्ये ३२१ जना अझै उपचाररत छन् भने ९४९ जना उपचारपछि घर फर्किएका छन्।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५, एभरेष्ट र फ्रन्टलाइन अस्पतालमा ३–३, केएमसी तथा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २–२, बयोधा अस्पतालमा २, साथै त्रिवि शिक्षण, इलाम र बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको पुष्टि भएको छ।
नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा अवस्था नियन्त्रणबाहिर गएको थियो। भिडन्तका क्रममा प्रहरीले गोली चलाएको र त्यसकै कारण धेरै जना गम्भीर घाइते भएका प्रत्यक्षदर्शीहरूले बताएका छन्। घाइतेमध्ये केहीको बाटैमा र केहीको उपचारको क्रममा ज्यान गएको जनाएको छ।
२६ भाद्र २०८२, बिहीबार १४:३४