/*php the_title();*/?>

जनतापत्र,जुगल सिन्धुपाल्चोक ।
जुगल गाउँपालिकामा गौरबराज केसी नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा नियुक्त भएका छन्।
यसअघि प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर बिक सरुवा भएपछि लामो समयदेखि रिक्त रहेको पदमा संघीय मन्त्रालयबाट सरुवा भई आएका केसीलाई आज गाउँपालिकाले स्वागत गरेको हो। स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले जुगललाई समृद्ध र सफल गाउँपालिका बनाउन जनप्रतिनिधि र कर्मचारीबीच सहकार्य आवश्यक रहेको बताए। नयाँ प्रमुख प्रशासकीय अधिकृत केसीले जनताको सेवामा सहज र सरल ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबैको सहयोगमा गाउँ समृद्ध बनाउन सकिने विश्वास व्यक्त गरे। कार्यक्रममा वडा नं ४ का अध्यक्ष प्रेम तामाङ र प्रमुख प्रशासन शाखाका प्रतिनिधि फिरोज सिलवालले स्वागत मन्तव्य राखेका थिए।
२७ आश्विन २०८२, सोमबार १३:२८