जुगल गाँउपालिकाको केहि वस्तीका बालबालिकाहरु विद्यालयको पहुँच बाहिर रहेको खुलासा

जलतापत्र,जुगल गाँउपालिका ।
सिन्धुपाल्चोक जिल्लालाई एकदशक अघि नै पूर्ण साक्षर जिल्ला घोषणा गरे तापनि जुगल गाँउपालिकाको केहि वस्तीका बालबालिकाहरु विद्यालयको पहुँच बाहिर रहेको खुलासा भएको छ ।
जुगल गाउँपालिकाको तिलुमाराङ, झुल्के र तेम्बाथाङका धेरै बालबालिका विद्यालयको पहुँचबाहिर रहेको फेला परेको छ ।
जुगल गाउँपालिकाको वडानम्बर २ झुल्के गाउँका २१ बालबालिका विद्यालयको पहुँचबाहिर रहेका छन् । उनीहरूलाई कसरी विद्यालय पु¥याउने भन्ने चिन्ता थपिएको जुगल गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले झुल्के गाउँमा अब इसीडी कक्षा संचालन गरिने योजना बनाएको छ ।
तेम्बाथाङका अधिकांश बालबालिका ६ महिना मात्र विद्यालय जाने गरेका छन् । जिल्लाका कतिपय विकट गाउँमा १० देखि १५ वर्ष उमेरका बालबालिका विद्यालयको पहुँच बाहिरै छन् ।

१९ बैशाख २०८२, शुक्रबार २०:३९