/*php the_title();*/?>
जनतापत्र, जुगल
याङलाकोटमा जिल्ला अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
जुगल गाउँपालिका– ७ याङलाकोटमा सिन्धुपाल्चोक अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरुवात भएको हो ।
ह्याङ्गर समाज उत्थान युवा समुहद्वारा सिन्धुपाल्चोक जिल्ला अन्तर वडा स्तरीय भलिबल प्रतियोगिता ह्याङ्गर समाज उत्थान युवा समुह अध्यक्ष अर्जुन तामाङको अध्यक्षतामा जुगल गाउपालिका उपाध्यक्ष हिमाल कुमार श्रेष्ठको प्रमुख अतिथ्यतामा सो कार्यक्रम सुरुवात भएको हो ।
जुगल ७ मा भलिबल प्रतियोगिताको आयोजना गरेकाले ग्रामिण क्षेत्रमा खेलकुदका गतिविधि बढ्ने भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उपाध्यक्ष हिमाल कुमार श्रेष्ठले बताए ।
जिल्ला भित्रका १४ वटा टीमको सहभागीता रहेको छ । प्रतियोगिता असोज २० गतेसम्म चल्ने आयोजकले बताएको छ ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो र सान्त्वना हुने टीमले ट्रफी, मेडल र प्रमाणपत्रका साथै क्रमशः नगद रु ८० हजार ,५० हजार ,२५हजार र १०हजार रुपैंया प्राप्त
गर्ने छन् ।
१८ आश्विन २०८१, शुक्रबार १२:००