जनप्रतिनीधि र सरोकारवालावीच अभिमुखिकरण सम्पन्न


जनतापत्र, चौतारा ।

महिला जनप्रतिनीधि र सरोकारवालावीच अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा दुई दिने महिला जनप्रतिनिधि तथा सरोकारवाला पक्षहरूविच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । अभिमुखिकरण कार्यक्रम सो नगरका प्रमुख कृष्ण प्रसाद सापकोटाले उद्घाटन गर्नुभएको थियो ।
महिला बालबालिका तथा जेष्ठ नागरिकको हक हितका लागि नगरले सक्दो सहयोग गर्ने कार्यक्रममा नगर प्रमुख सापकोटाले कताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रसाशकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटा, महिला जनप्रतिनिधि , नगरका महिला कर्मचारी, सन्जालहरुका प्रतिनिधि सहित प्रशिक्षक नेपाल सरकारको पुर्व सहसचिब रत्नकाजि बज्राचार्यको उपस्थिति रहेको थियो । कार्यक्रम उपप्रमुख सीता थापाको अध्यक्षतामा भएको थियो ।

नगरभित्रका महिला, बालबालिका तथा जेष्ठहरुलाई साथ सहयोग गर्दै आएको र आगामी दिनमा झन प्रभावकारी ढंगवाट कार्यक्रमहरु निर्माण र कार्यन्वयन गर्ने उपप्रमुख थापाले जानकारी दिनुभयो ।

३० माघ २०८१, बुधबार १२:०७