जनप्रतिनिधिहरुका लागी अपांगता,समावेशी,योजना प्रावधान सम्बन्धी एक दिने कार्याशाला मेलम्चीमा

जनतापत्र,मेलम्ची ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा जनप्रतिनिधिहरुका लागी अपांगता,समावेशी,योजना प्रक्रिया,पहुँच,आर्थिक समावेशीकरण र अपांगता निती÷प्रावधान सम्बन्धी एक दिने कार्याशाला कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । अपांगता भएका र संकटासन्न ब्यक्तिहरुको स्वास्थ्य पुर्नस्थापना तथा आर्थिक सामाजिक सेवामा पहुँच वृद्धि परियोजना अन्र्तगत टुकिसघं सुनकोशीको आयोजना एक दिने कार्याशाला सम्पन्न भएको हो ।
कार्याशाला कार्यक्रमलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाका उपमेयर उमा प्रधानले अपांगता भएका ब्यक्तिहरुको पहुँचमा वृद्धि गर्नेगरी नगरपालिका निरन्तर लागि रहेको समेत बताउनु भएको छ ।
उक्त संस्थाका अध्यक्ष माधवप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय अपांग महासघंका वरिष्ठ उपाध्यक्ष राम कार्कीले सहजिकरण गर्नुभएको थियो । कार्याशाला कार्यक्रममा मेलम्ची नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधि,कार्यपालिका सदस्य,वडाका सचिव,कर्मचारी लगायत अपांगता सञ्जालका पदाधिकारीहरुको बाक्लो उपस्थिती रहेको टुकीसंघ सुनकोशीका संयोजक महेन्द्र कार्कीले जानकारी दिनुभएको छ ।

७ बैशाख २०८२, आईतवार २२:२५