चौतारा साँगाचोकगढी नगरपालिका वडा नंम्वर १२ मा आठ करोड लागत सहितको आयोजना सुरुवात


चौतारा साँगाचोकगढी नगरपालिका वडा नंम्वर १२ मा आठ करोड लागत सहितको आयोजना सुरुवात गरेको छ । वडाले एकैदिन ६५ विकास आयोजनाको शुभारम्भ गरेको हो ।

संघ, प्रदेश र स्थानीय गरी तीनै तहको विकास कार्यक्रमहरु एकसाथ सुरु गरेको हो । एक करोड ८३ लाखको तीन वटा संघीय योजना, ४ करोड ८५ लाखको ९ वटा प्रदेश योजना, चौतारा साँगाचोकगढी नगरपालिकाको ६७ लाख बढीको १४ योजना र वडाको एक करोड वरावरको ३९ विकास आयोजनाको सुरुवात गरेको हो ।


साँगाचोक भञ्ज्याङ वरको रुख चौतारी तथा फल्चा निर्माण शिल्यान्यास गर्दै वडाभरबाट सबै विकास आयोजना, बागमती प्रदेशसभा सदस्य तथा बागमती प्रदेशका पूर्व भौतीक पूर्वाधार विकास मन्त्री युवराज दुलाल र चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख कृष्ण प्रसाद सापकोटाले फल्चा सहितका विकास आयोजनाको शुभारम्भ गरेको थियो ।
विकास आयोजनाको शुभारम्भ गर्दै बागमती प्रदेशसभा सदस्य युवराज दुलालले आवश्यकतामा आधारित दिगो विकास अवको आवश्यकता रहेको बताए । ‘ नगरका १४ वटै वडा कालोपत्रे सडक संजालमा जोडिएका छन्, सांस्कृतिक धरोहर, कृषि र सामाजिक विकासका काममा उल्लेख्य प्रगती भएको छ ।’ ग्रामीण क्षेत्रमा विकासको लहर नै चलेका छन् तर समग्र वस्तीहरु खाली हुँदै गएकोले आवश्यकतामा आधारित विकासमा केन्द्रीत हुन सबै पक्षलाई आग्रह गरे ।
नगरपालिकाले सबै क्षेत्रमा आवश्कता अनुरुप दीगो विकासका योजनाहरुलाई प्राथमिकता दिएको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले बताए । विकासमा विवाद नगर्न अनुरोध गर्दै विकास आयोजना सम्पन्न गर्न हातमा हात मिलाउन अनुरोध गरेका छन् ।
जनताका अनेकन अपेक्षा रहने र दर्जनौ विकास आयोजनाहरु पूरा गर्न थप वजेट र कार्यक्रम थप र ब्यवस्थित गर्न सोही वडाका अध्यक्ष दिपेनद्र प्रसाद नेपालले नगर र प्रदेश समक्ष आग्रह गरे । ‘उपभोक्ता समिति गठन देखि भूक्तानी सम्मको प्रक्रिया जानकारि दिने उदेश्यले पनि एकसाथ सबै आयोजनाको सुरुवात गरिएको हो’ ।

१२ मंसिर २०८१, बुधबार ०५:३०