/*php the_title();*/?>
जनतापत्र, इन्द्रावति ।
बागमती प्रदेश सांसद एवम पुर्व भौतिक पुर्वाधार विकासमन्त्री युवाराज दुलालद्धारा मेलम्ची सडक स्तरउन्नति आयोजनाको अनुगमन गरिएको छ ।
मंगलबार दिउँसो बागमती प्रदेश सांसद एवम पुर्व भौतिक पुर्वाधार मन्त्री दुलाल सहित सांसद अमृता नेपाल, भौतिक पुर्वाधार विकास कार्यलयका सिनियर डिभिजनल इन्जिनियर प्रकास पौडेल, जनप्रतिनिधि, प्राविधिक लगायतको संयुक्त टोलिले उक्त आयोजनाको अनुगमन गरेको हो ।
सडक स्तरउन्नति आयोजनाका लागी प्रदेश सरकारले २६ करोड ८२ लाख ९३ हजार २ सय ६० रुपैयाँ बजेट बिनियोजन गरेको हो ।
आउदो असार २२ सम्म निर्माण कार्य सकाउनुपर्ने भनि सम्झौतामा भनिएको छ ।
४ पुष २०८१, बिहीबार १२:०७