/*php the_title();*/?>
जनतापत्र, चौतारा ।
सिन्धुपाल्चोकको सदरमुकाम चौतारा नगरमा निशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त निशुल्क मानसिक स्वास्थ्य शिविरमा १ सय जनाले उपचार गएराएका छन् ।
आइतबार चौतारा साँगाचोक गढी नगरपालिकामा सो शिविर भएको हो ।
जनस्वास्थ्य अधिकृत दिनेश नेपालले शिविरमा ५७ जना महिला र ४३ जना पुरुषले मानसिक स्वास्थ्य सेवा लिएको बताउनुभयो ।
सो शिविरको सबैको लागि सु – स्वास्थ्य परियोजना अन्तर्गत चौत
ारा साँगाचोक गढी नगरपालिकाको समन्वय र सम्भाव्य फाउण्डेसनले आयोजना गरेको हो ।
नेपालले दिएको जानकारी अनुसार, नगरपालिकाले सहकार्य र समन्वय गरेर औषधि समेत उपलब्ध गराएको र प्राविधिक सहयोग सम्भाव्य फाउण्डेसनले गरेको हो ।
नगरपालिकाका अनुसार, शिविरमा सेवा लिएकाहरुलाई औषधि नपुगेको वा थप औषधि आवश्यक परेमा एक साताभित्र हातहातमा पु्र्याउने लक्ष्य रहेको छ ।
नगरपालिका भित्र मासिक स्वास्थ्य समस्या अन्त्य गर्न शिविरबाट सेवा दिने, नगरपालिकामा दुई जना मनोविमर्शकर्ता रहेको र वडामा पनि परामर्श कर्ता रहेको नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।
मेयर सापकोटाले शिविरबाट यस क्षेत्रमा अझ बढी काम गर्नु पर्ने जिम्मेवारी बोध भएको जानकारी दिनुभयो ।
मानसिक स्वास्थ्य समस्या अन्त्यका लागि नीति तथा कार्यक्रममा प्राथमिकता दिई आवश्यकता अनुसार बजेट विनियोजन गर्ने र वडाहरुमा साइको काउन्सिलिङ ब्यवस्था गर्ने उहाँले जानकारी दिनुभयो ।
उपमेयर सिता थापाले मानसिक स्वास्थ्य समस्या भएमा नजिकैको स्वास्थ्य संस्था वा नगरपालिकाको परामर्शकर्तासंग परामर्श लिन अनुरोध गर्नुभयो ।
उहाँले आफ्नो समस्या खुलेर ब्यक्त गर्ने, तनाब नलिने र सामान्य ब्यक्तिले मानसिक स्वास्थ्य समस्या भएकालाई औषधि उपचार गर्न प्रेरित गर्नुपर्ने जानकारी दिनुभयो ।
१२ फाल्गुन २०८१, सोमबार १२:५४