चौतारामा मानव अधिकारको समिक्षा


जनतापत्र, चौतारा ।
सिन्धुपाल्चोक जिल्लाको चौतारामा मानव अधिकारको समिक्षा तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
अन्तराष्ट्रिय मानव अधिकार दिवसको साँगाचोकगढी नगरपालिका र मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्था इन्सेकको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सिन्धुपाल्चोकमा गएको एक बर्षमा ९१ वटा मानव अधिकारको घट्नाहरु सम्बन्धि छलफल भएको थियो ।
कार्यक्रममा १९४८ मा जारी भएको मानबअधिकारको घोषणाको धारा २९ र ३० मा भएको कानुनी व्यवस्थाको बिषयमा गहन रुपले छलफल भएको थियो ।
जिल्लामा यो बर्ष ९१ वटा मानव अधिकारको घट्नाहरु घटेको इन्सेकले सार्वजनिक गरेको छ । यसभित्र व्यक्तिगत हत्या, कुटपिट तथा ज्यान मार्ने उद्योग, बाल अधिकार, महिला अधिकार र जातीय बिभेदका घट्नाहरु रहेका छन् । घट्नाहरुमा ८३ महिला र ६ जान पुरुष पीडित रहेको र ९५ पसरुष र ६ जना महिला आरोपित रहेको इन्सेकको तत्थ्याङ्क रहेको छ । अघिल्लो बर्ष ५१ वटा घट्नाहरु घटेको इन्सेकले जनाएको छ ।
मा उक्त कार्यक्रम भएको हो ।

३० मंसिर २०८१, आईतवार ०६:२०