चौतारामा अवैध बिक्री वितरण गर्नेलाई जरिवाना


जनतापत्र, चौतारा ।
चौतारा बजारमा बिना बिल र कम तौल भएको सामग्री बेच्ने एक जना पक्राउ परेका छन् । चौताराका स्थानियहरुले
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघमा गुनासो गरेका थिए । उनिलाई पटक पटक कानुनी प्रकृया पुरा गरेर मात्र सामान बेचबिखन गर्न आग्रह गरिएको थियो । तर उनिहरुले सो कुरा नमान्दा उनिहरु कार्बाहीमा परेका हुन् । उनिबाट १५ हजार जरिवाना असुल गरेको छ ।
जिल्ला बजार अनुगमन समितिका सदस्य सचिव उद्योग तथा बाणिज्य कार्यालयका उद्योग अधिकृत बिश्वनाथ काफ्लेले उनिहरु सदाजसो हरेक सिजन सिजनमा गैरकानुनी रुपमा फरक फरक साममनहरु बेचबिखन गर्ने गरेको पाइएको जानकारी दिनुभयो ।
उनलाई १५ हजार रुपियाँ जरिवाना गरिएको हो ।
कारबाही गर्न बजार अनुगमन समितिमा रहेका उद्योग तथा बाणिज्य कार्यालय, चौतारा साँगाचोकगढी नगरपालिकाका,उद्योग बाणिज्य संघ, नेपाल उपभोक्ता अधिकार मञ्च, नेपाल प्रहरी र स्थानीय व्यवसायीहरुको सहभागि थिए । उनलाई र उनि
जस्तै अरुपनि अबैध रुपमा बिक्री बितरण गर्दै हिडेको पाइएमा तुरुन्त कार्वाही गरिने बजार अनुगमन समितिले जनाएको छ ।
वडाध्यक्ष सिव श्रेष्ठले चौतारा बजारमा फुटपाथमा सामान बेच्नेहरुलाई पनि आगामी दिनमा दर्ता गरेर सटर लिएर मात्र व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको जानकारी दिनुभयो । बजारमा चाडबाडमा चहलपहल बढेको हुँदा सवारी पार्किङमा एकद्धार मात्र लागु गर्न र फुटपाथमा अवरोध नपुर्याृउन अनुरोध गरेका छन् ।

१७ आश्विन २०८१, बिहीबार ११:४६