/*php the_title();*/?>

सुनिता रखाल चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ११ मा ३ वर्षे कार्यसम्पादनको समीक्षा तथा आगामी २ वर्षका नीति तथा कार्यक्रममाथि छलफलसहित सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख कृष्ण प्रसाद सापकोटा रहनुभएको थियो भने विशेष अतिथिको रूपमा नगर उपप्रमुख सीता थापा, अन्य वडाध्यक्षहरू, नागरिक समाजका प्रतिनिधिहरू, स्थानीय बुद्धिजीवी, महिला तथा युवाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम वडा अध्यक्ष रोशन राज गिरिको अध्यक्षतामा सुरु भएको हो।
कार्यक्रममा विगत ३ वर्षमा वडाले गरेका विकास निर्माण, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतका क्षेत्रका कामहरूको समिक्षा प्रस्तुत गरिनुका साथै सहभागी नागरिकहरूले आगामी नीति तथा कार्यक्रममाथि आफ्ना सुझाव र गुनासा राखेका थिए।
यस किसिमको सार्वजनिक सुनुवाइ कार्यक्रमले स्थानीय शासनलाई थप उत्तरदायी र पारदर्शी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।
१० जेष्ठ २०८२, शुक्रबार १७:२९