/*php the_title();*/?>
जनतापत्र, चौतारा
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताले मोर्चा निमार्ण गरेका छन् ।
सिन्धुपाल्चोक जिल्लामा नेपाल पत्रकार महासंघको हल चौतारामा पत्रकार सम्मेलन आयोजना गरी समाजवादी मोर्चा गठन गरेका हुन् ।
नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोक जिल्ला संयोजक गोविन्द पराजुलीको संयोजकत्वमा जिल्लाका साझा सवालमा यो मोर्चा एकजुट भइ कामकारबाही अगाडी बढाउने साझा प्रतिवद्धता सहित मोर्चा गठन गरीएको हो । मोर्चाको समिति भित्र बिनोद खनाल, सोनाम सिं, चन्द्र प्रसाद सापकोटा, कुमार राज घतानी, मोहन वि.क, अम्बीका नेपाल, मान कुमारी खत्री र युगीन सिं सदस्य रहेका छन् ।
मोर्चाका जिल्ला संयोजक गोविन्द पराजुलीले नेपाली मौलिकता सहितको समाजवाद स्थापना गर्ने र नेपालको संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्य सहित मोर्चा गठन गरिएको जानकारी दिनुभयो ।
१० आश्विन २०८१, बिहीबार ११:५५