/*php the_title();*/?>

जनतापत्र,चौतारा ।
चोैतारा साँगाचोकगढी नगरपालिका र गृहिणी महिलाहरूको सशक्तीकरणको उद्देश राख्दै बागमती प्रदेश सामाजिक विकास मन्त्रालयसहयोगमा महिलाहरूलाई सहभागी गराई ५ दिने होमस्टे व्यवस्थापन तथा सञ्चालन सम्बन्धि तालिमको उद्घाटन कार्यक्रम आइताबार सम्पन्न भएको छ।
चोैतारा सामुदायिक होमस्टे व्यवस्थापन तथा सञ्चालन समितिको द्वारा आयोजित ५ दिने होमस्ट तालिम ७ गते देखि ११ गते सम्म होमस्टे सम्बन्धि विभिन्न जानकारी तथा व्यवस्थापनको तरिकाहरू बारेमा तालिम प्रदान दिने भएको छ।
कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाद्धरा पानसमा दिप प्रजोलन गरि कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
तालिममा सहभागीहरूले स्वदेशी तथा विदेशी पाहुनालाई आकर्षित गर्नका लागि होमस्टे सेवामा सुधार, खाना पकाउने तरिका,आतिथ्य सत्कार, सरसफाइ, लगायतका विषयमा प्रशिक्षण प्राप्त गर्ने भएका छन ।
७ बैशाख २०८२, आईतवार २२:३९