/*php the_title();*/?>
राजेश स्पन्दन
बिरानो छ शहर, सँगैका यारहरू हराएर
आजभोलि मायाका व्यापारहरू हराएर
के खोज्दै डुल्दै छ ऊ बनाएर दिनरात एक
सायद खोजेको हुनुपर्छ संसारहरू हराएर
भगवान् मौन छन्, दैत्यको राज्य चलेकाले
कहिले जालान् समाजका बिमारहरू हराएर
यो लोक र परलोकको एउटै कथा सकिन्छ
जब जान्छ लोक परलोकको जङ्घारहरू हराएर
शायद अब त म पनि हराउनु पर्ला बिस्तारै
रहेनन् बाँकी केही गए सबै आधारहरू हराएर ।
भक्तपुर
(साहित्यपोस्टबाट)
८ आश्विन २०८१, मंगलवार ११:३९