क्लिनिकबाट लागुऔषध बरामद


जनतापत्र, मेलचौर ।

सिन्धुपाल्चोकको मेलचौर स्थित एक क्लिनिकबाट लागुऔषध सहित क्लिनिकका सञ्चालक पक्राउ परेका छन् ।
सिन्धुपाल्चोकको मेलचौर स्थित एक क्लिनिकबाट चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित सुयोग उपचार क्लिनिकका सञ्चालक सुर्य प्रसाद घोरासैनीलाई प्रहरीले विभिन्न प्रकारका लागुऔषधसहित सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।

उद्योग तथा बाणिज्य कार्यालय सिन्धुपाल्चोकका उद्योग अधिकृत बिश्वनाथ काफ्लेले मेलचौरका स्थानिय समेत रहेका घोरासैनीले संचालन गर्दै आएको सुयोग उपचार क्लिनिकमा अनुगमनका क्रममा १९ प्रकारका लागुऔषध भेटिएको जानकारी दिनुभयो ।

उहाँले क्लिनिकले विना दर्ता र विना फार्मशिष्ट विरामीलाई औषधी विक्री गर्नुका साथै कम मूल्यका औषधी समेत सेवाग्राहीसँग वढी शुल्क लिएर बिक्री गर्ने गरेको देखिएको बताउनुभयो ।

प्रहरीका अनुसार, क्लिनिकबाट लागुऔषध बिक्री भएको सूचनाको आधारमा खानतलासी गरी ट्रिपलिन, क्लोजेप, क्याप्सुल आईपी ट्रामोल लगायत १९ प्रकारका लागुऔषधसहित उनलाई नियन्त्रणमा लिइएको हो ।
क्लिनिक संचालकले आफुहरु सुत्ने कोठामा समेत लागुऔषध राख्ने गरेको भेटिएको थियो । उक्त क्याप्सुल ग्राहक समक्ष मंहगो शुल्कमा विक्री गर्ने गरेकोे प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बताएको छ ।

२२ आश्विन २०८१, मंगलवार ०२:१५