केशवराज गिरी चौतारा अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्षमा


जनतापत्र, चौतारा ।

केशवराज गिरी चौतारा अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्षमा नियुक्त भएका छन् ।
प्रदेश अस्पताल सञ्चालन कार्यबिधि अनुसार अध्यक्ष नियुक्त भएका अध्यक्ष गिरीले बिहिवार एक कार्यक्रमका बिच पदभार ग्रहण गर्नुभएको छ ।

अस्पतालको उन्नति र प्रगतिको लागि सदैव लाग्ने प्रतिबद्धता गर्दै उहाँले अझ कसरी प्रभावकारी बनाउन सकिन्छ त्यसतर्फ आफू अग्रसर रहने जानकारी दिनुभयो । यसभन्दा अघि समाजसेवी टंकबहादुर कार्की अध्यक्षको रुपमा रहनुभएको थियो । कार्की कै पालामा १५ सैयाको अस्पताललाई ५० सैयामा निर्माण भएको हो । पदभार ग्रहण कार्यक्रममा बोल्दै ३ बर्षे कार्यकालमा सहयोग गर्ने समिति सदस्य र अस्पताका कर्मचारीहरुलाई निवर्तमान अध्यक्ष कार्कीले धन्यवाद दिनुभयो । कार्यक्रममा निवर्तमान अध्यक्ष कार्कीलाई अस्पतालले कार्यकालको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
अस्पताल सञ्चालन समितिका सदस्य एवं चौतारा साँगाचोकगढी नगरपालिका सामाजिक बिकास समिति संयोजक रामप्रसाद गौतमले नगरपालिकाबाट आवश्यक सहयोग गर्ने बचनबद्धता जनाए ।

१९ पुष २०८१, शुक्रबार १२:५६