/*php the_title();*/?>
जनतापत्र, चौतारा ।
कृष्ण रत्न गंगा माध्यामिक विद्यालय हाजीरीजवाफ प्रतियोगीतामा प्रथम हुन सफल भएको छ । अन्तर माध्यमिक स्तरीय हाजीरी जवाफ प्रतियोगीता कृष्ण रत्न गंगा माबि चौतारा प्रथम भएको हो ।
सो हाजिरिजवाफ प्रतियोगिता लायनस क्लब अफ काठमाण्डौ सिन्धु चौतारा सिटिको आयोजना भएको हो ।
प्रतियोगिता जुगल बोर्डिङ्ग हाइस्कुल चौतारामा भएको हो । प्रतियोगीतामा सिद्धिगणेश माबि, दोस्रो, सेतिदेबी माबि स्याउले तेस्रो र इर्खु मावि सान्त्वना भएको छ ।
सो प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका भरका माध्यमिक बिद्यालयमा ११ र १२ कक्षामा बिद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
लायन्सका अध्यक्ष भगवान खड्काले जिल्लाको सदरमुकाममा रहेको जुगल बोर्डिङ्ग हाईस्कुलमा प्रतियोगिता सञ्चालन भएको बताउनुभयो । प्रतियोगीतामा बिद्यालयबाट १ जना छात्रासहित ३ जनाको सहभागिता रहेको थियो ।
प्रतियोगीतामा प्रथम हुनेले ६ हजार, दोस्रो हुनले ४ हजार ५ सय , तेस्रो हुनेले ३ हजार र सान्त्वना स्थान हासिल गर्नेले १ हजार ५ सय नगद पुरस्कारको साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्रदान प्राप्त गरेका छन् ।
१ फाल्गुन २०८१, बिहीबार १२:२०