कृषि तथा पशुपन्छी कार्यालय हस्तान्तरण


जनतापत्र, मेलम्ची ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको कृषि तथा पशुपन्छी कार्यालय हस्तान्तरण गरिएको छ ।
नेपाल सरकार बृषि तथा पशुपन्छी विकास मन्त्रालय ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक कोरिडोर कार्यालय पाख्रीबास, धनकुटाको आयोजनामा भएको कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो ।
व्राइट ज्ञानज्योती जेभीले निर्माण गरेको भवनको कम्पनीलाई २ करोड १५ लाख भुक्तानी भएको छ ।
सो भवन विश्व बैङ्क संग सम्झौतामा निर्मित भएको हो ।
उक्त बैज्ञानिक भवन बाट पोष्ट मोर्टम, कृषि र भेटेरेनरीको कर्मचारीलाई आवासका साथै कृषि र पशुपालनको लागि छुट्टाछुट्टै सेवा दिने व्यबस्था समेत रहेको छ ।

निर्माण अवधि भित्रै सम्पन्न गरेकोमा निर्माण कम्पनीलाई वडा नम्बर ११ का वडा अध्यक्ष चन्द्र बहादुर तामाङले धन्यवाद प्रदान गर्नुभयो । उहाँले सो कार्यक्रममा आफ्नो भनाइ राख्दै यस भवनबाट गुणस्तरिय सेवा प्राप्त गर्न सकिनेमा बिश्वस्त रहेको जानकारी दिनुभयो ।
सोचेको भन्दा धेरै समय अघि यो भवन तयार भएको मेलम्ची नगरपालिकाका कृषि बिकास शाखा प्रमुख अमरनाथ आचार्यको भनाइ छ । उहाँले यसले मेलम्चीको १२ हजार घरधुरी किसान लाभान्वित हुने जानकारी दिनुभयो ।

६ मंसिर २०८१, बिहीबार १२:४३