कान्तिपुरकर्मी पाख्रिन फोनिजको अध्यक्षमा चयन


जनतापत्र, चौतारा ।

फोनिज सिन्धुपाल्चोकको अध्यक्षमा कमला पाख्रिन चनय भएकी छिन् ।

कमला पाख्रिन सर्वसम्मत नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सिन्धुपाल्चोक शाखा अध्यक्षमा निर्वाचित भएकी हुन् । बिहीबार भएको चौथो अधिवेशनले पाख्रिनअध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोककी उपाध्यक्ष
रहेकी पाख्रीन लामो समय देखि कान्तिपुर टेलिभिजन आबद्ध रहेकी छिन् ।
उपाध्यक्षमा दिपेन्द्र घले, सचिवमा आईसिं तामाङ, सह–सचिवमा रविन दनुवार र कोषाध्यक्षमा कल्पना श्रेष्ठ सदस्यहरूमा सरोज लामा, विपना तामाङ गोले, बरदान गुरुङ र प्रेम लामा चयन भएका छन्।
संघीय प्रतिनिधिमा भने सुरेश कसाजु, जीवन श्रेष्ठ, अश्मी स्याङतान र फूलमान तामाङ चयन भएका छन् । त्यस्तै, प्रदेश प्रतिनिधिहरूमा मानकाजी तामाङ, प्रितम गोले तामाङ, निर्मल माझी, सुनिता रखाल र कविता श्रेष्ठ चयन भएका हुन् ।

१० माघ २०८१, बिहीबार १२:४९