कानुन निर्माण, कार्यान्वयन र अपेक्षा बारे छलफल


जनतापत्र, पाँचपोखरी ।
बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपेक्षाबारे पाँचपोखरी थाङपाल गाउँपालिकामा छलफल भएको छ । बागमती प्रदेश सभा सचिवालयको आयोजनामा

भएको उक्त कार्यक्रममा सभामुख भुवन कुमार पाठकले कानुनको सही कार्यान्वयनका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका रहेको र सबैको सहकार्य आवश्यक भएको जानकारी दिनुभयो ।
बागमती प्रदेशको कानूनका बारेमा सबैले जानकारी राख्नुपर्ने उपसभामुख अपसरा चापागाईको भनाइ रहेको थियो ।
प्रदेशले बनाएका कतिपय कानुन कार्यान्वयनमा जटिलता देखिएकाले समयानुकुल संसोधन हुनुपर्ने गाउँपालिका अध्यक्ष टासी लामाले बताउनुभयो ।
संविधान र कानूनी प्रक्रियाको महत्त्वलाई रेखांकित गर्दै कानूनी सुधारका लागि थप छलफलको आवश्यकता रहेको संविधान सभा सदस्य तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाको भनाइ रहेको थियो । कार्यक्रममा बागमती प्रदेश सभाका सचिव कृष्ण हरि खड्काले प्रदेशमा प्रदेशले निर्माण गरेका कानुन र कार्यान्वयनको अवस्था बारे बताउनुभयो ।

२३ पुष २०८१, मंगलवार १०:५०