ओली स्मृति राष्ट्रिय बाल पुरस्कार बाट हेलम्बुकी सदिक्षा पण्डित सम्मानित हुने

जलतापत्र,चौतारा ।
सिन्धुपाल्चोक जिल्लाकको हेलम्बु गाउँपालिकाकी ११ वर्षीया सदिक्षा पण्डित देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार २०८२ बाट सम्मानित हुने भएकी छन्। कक्षा ७ मा अध्ययनरत सदिक्षा सामाजिक विषयहरूमा लेखन तथा सक्रियताका लागि चिनिदै आएको छ ।
सदिक्षा पण्डितकी लेखनले बालविवाह, महिला हिंसा, जातीय भेदभाव, महिनावारी र वातावरणीय मुद्दाजस्ता सामाजिक समस्याहरूलाई उजागर गरेको छ। उक्त योगदानका कारण उनलाई त्रिदेव पौडेलसँग संयुक्त रूपमा पुरस्कार प्रदान गरिने भएको छ ।
ओली स्मृति राष्ट्रिय बाल पुरस्कारको रासी १,०१,१११ रहेको छ । पुरस्कार वितरण कार्यक्रम २०८२ साल वैशाख २० गते शनिबार बिहान ११ बजे नेपाल पर्यटन बोर्डको सभा कक्ष, प्रदर्शनी मार्गमा आयोजना हुनेछ।

 प्रचलित बालविवाह, महिला हिंसा जस्ता भेदभाव, महिनावारी तथा वातावरण आदिका सम्बन्धमा  पण्डितले परम्परागत किताबी शिक्षा र समाज सुधारको क्षेत्रलाई एकै साथ अघि बढाएको भन्दै पुरस्कृत गरिने भएको छ ।

१८ बैशाख २०८२, बिहीबार २१:१४