ऐसेलुखर्क माविले ७७ औं वार्षिकोत्सव मनायो


जनतापत्र, इन्द्रावति ।
२००४ सालमा स्थापना भई हाल सम्म संचालनमा रहेको ऐसेलुखर्क माविले ७७औं वार्षिकोत्सव धुमधामका साथ मनाएको छ । सिन्धुपाल्चोक जिल्लाको
ईन्द्रावती गाउँपालिका वडा नम्बर ५ स्थित श्री ऐसेलुखर्क माध्यमिक विद्यालयले आफ्नो ७७ औं वार्षिकोत्सव विविध सांस्कृतिक कार्यक्रम गरेर मनाएको हो ।

विद्यालयको उन्नति प्रगतिको कामना गर्दै ऐँसेलुखर्क एउटा छुट्टै पहिचान बनाएको विद्यालय भएको कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले बताउनुभयो । विद्यालयप्रति अभिभावकको चासो र उपस्थिति कम हुन थालेकोमा दुलालको गुनासो गर्दै सपना र संभावना बिना लक्ष्यमा पुग्न नसकिने भन्दै र आफ्नो लक्ष्यमा जोड दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
शिक्षकहरूको अध्यापन क्षमतामा अभिवृद्धि गर्नुपर्ने उहाँले बताउनुभयो ।
निरंकुश जहानियाँ शासनको बीचमा स्कूल स्थापन गरि शिक्षा दिनुपर्ने अवस्थामा खुलेको विद्यालय आज यहाँसम्म आइपुगेकोमा कार्यक्रमका विशेष अतिथि वडा नम्बर ५ का वडाध्यक्ष शशिनाथ आचार्यले खुशी व्यक्त गर्नुभयो ।
विद्यालयको भौतिक गुणस्तर शैक्षिक गुणस्तरको निम्ति आफूले सकेको सहयोग गर्ने उहाँले बताउनुभयो ।
विद्यालयका विद्यार्थीहरू निजामती सेवा, प्रशासन , राजनीति, कला क्षेत्र लगायत अग्र स्थानमा रहेको बताउँदै उहाँले बालबालिकाको शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमद्धारा विद्यालयले पूर्व शिक्षकहरू उमेश अधिकारी र विष्णु भट्टराईलाई बिदाइ तथा सम्मान गरिएको छ ।
विद्यालयको खेलकुद सप्ताहमा उत्कृष्ट भएका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको छ ।
विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यापक सुरेशकृष्ण श्रेष्ठ ले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिना थापाको सभापतित्व
रहेको थियो ।

३ माघ २०८१, बिहीबार १२:३९