एमाले बनाउन किसानहरुको योगदान उच्च छ — किसान नेता रामशरण


जनतापत्र, सिन्धुपाल्चोक ।
नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ सिन्धुपाल्चोकको छैठौ सम्मेलन चौतारामा सम्पन्न भएको छ । विहिवार एमालेको पार्टी कार्यालयमा भएको यो सम्मेलनको उद्घाटन किसान महासंघका केन्द्रिय उपाध्यक्ष रामशरण आलेले गरेका थिए । यो कार्यक्रममा वोल्दै आलेले पार्टी भित्र पदिय जिम्मेवारी लिन खोज्ने तर जिम्मेवारी पुरा नगर्ने प्रवृत्ति हावी भएको बताए । उनले पाटी बलियो बनाउन किसानहरुको उच्च योगदान रहेको समेत बताए ।
सो कार्यक्रममा केन्द्रिय सदस्यहरु शरेश नेपाल, शुभाष कर्माचार्य लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थीति रहेको थियो । सो सम्मेलनले राम प्रसाद गौतमको नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।
सो कार्यक्रमको अध्यक्षता राम प्रसााद गौतमले गरेका थिए भने, स्वागत मन्तव्य जिल्ला इन्र्चाज राजकुमार सुवेदीले गरेका थिए ।

११ माघ २०८१, शुक्रबार ०२:१२