/*php the_title();*/?>

आइसिँ तामाङ, सिन्धुपाल्चोक ।
नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री शेरबहादुर तामाङले भ्रष्टाचारमा संलग्न कोही पनि नछाडिने स्पष्ट धारणा व्यक्त गर्नुभएको छ।
सिन्धुपाल्चोक–काठमाडौं क्षेत्र नं. १ र २ को संयुक्त सम्मेलनमा बोल्दै उहाँले, भ्रष्टाचारमा संलग्नहरूलाई पार्टी, पद वा व्यक्तित्वको आधारमा जोगाउने प्रयास नगर्ने बताउनुभयो।
अख्तियारको भूमिका सशक्त हुनुपर्ने उल्लेख गर्दै उहाँले दोषी उम्कन नहुने र निर्दोष फस्न नहुने सन्देश दिनुभयो। मोहनबहादुर बस्नेतसहित विशेष अदालतमा मुद्दा चलिरहेका नेताहरूको प्रसंग पनि उहाँले उठाउनुभयो।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य सरेश नेपाल, जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ, नेतृ विनिता सुवेदी, सम्पर्क मञ्च अध्यक्ष द्वारिका प्याकुरेल लगायतले मन्तव्य राखेका थिए।
कार्यक्रमबारे सम्पर्क मञ्चका सचिव रमेश तिमल्सिनाले जानकारी दिनुभएको हो।
३२ जेष्ठ २०८२, शनिबार १४:४८