/*php the_title();*/?>

जनतापत्र, सिन्धुपाल्चोक —
नेकपा (एमाले) जिल्ला कमिटी, सिन्धुपाल्चोकको आयोजनामा संचालित संगठन सुदृढीकरण बैठकले पार्टी विस्तारको सन्देश दिँदै दुई जना प्रतिष्ठित व्यक्तित्वलाई पार्टीमा स्वागत गरेको छ ।
बाग्मती प्रदेश इन्चार्ज तथा पार्टीका केन्द्रीय स्थायी कमिटी सदस्य राजन भट्टराईको प्रमुख आतिथ्यमा संचालित बैठकमा नेपाल समाजवादी पार्टी (बाबुराम भट्टराई निकट) का जिल्ला अध्यक्ष भरत अधिकारी र सामाजिक अभियन्ता सुरेन्द्र आचार्य नेकपा (एमाले)मा औपचारिक प्रवेश गरेका छन् ।
मेलम्ची नगरपालिका–१० निवासी अधिकारी लामो समयदेखि वामपन्थी राजनीतिक क्रियाकलापमा सक्रिय रहँदै आएका थिए भने मेलम्ची नगरपालिका–१३ निवासी सुरेन्द्र आचार्य समाजसेवा र सामाजिक रुपान्तरणमा समर्पित व्यक्तित्वका रूपमा परिचित छन्।

२७ बैशाख २०८२, शनिबार १६:१०