/*php the_title();*/?>
जनतापत्र, मेलम्ची ।
इलाका प्रहरी कार्यालय मेलम्चीलाई सिसी टिभी वितरण गरिएको छ ।
इलाका प्रहरी कार्यालय, मेलम्चीलाई कृषि विकास बैंकको मेलम्ची शाखा कार्यालयले सिसी टिभी वितरण गरेको हो ।
उक्त सहयोग बैंकको उक्त शाखाले एक कार्यक्रमका बीच मेलम्ची बजार क्षेत्रमा हुने चोरी डकैति, दुर्घटना, लागु औषध सेवन, लगायत विभिन्न वित्तीय अपराधहरु जस्ता कार्यको निगरानी गर्नका लागि सो सहयोग गरिएको हो । इलाका प्रहरी कार्यालय, मेलम्चीको अनुरोधमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगतसि.सिसी टिभी प्रदान गरेको बताएको छ ।
बैंकले प्रदान गरेको उक्त प्राविधिक उपकरणबाट मेलम्ची बजारमा शान्ति सुरक्षा कायम गर्न सहज हुने बैंकको विश्वास छ । उक्त सहयोग हस्तान्तरण समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत, उप–महाप्रवन्धक, वागमती प्रदेश निर्देशक, मेलम्ची शाखाका प्रवन्धक
प्रज्वल भट्टराई लगायतको उपस्थिती रहेको थियो त्यस्तै इलाका प्रहरी कार्यालयबाट प्रहरी नायव निरिक्षक कुमार चौलागाई लगायत विभिन्न सुरक्षाकर्मीहरुको उपस्थीती रहेको थियो ।
१३ मंसिर २०८१, बिहीबार ११:५९