इम्प्याक्ट म्याराथन बतासेमा


जनतापत्र,इन्द्रावति ।

इम्प्याक्ट म्याराथन सम्पन्न भएको छ । जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर ६ बतासेमा उक्त म्याराथन सम्पन्न भएको हो । इम्प्याक्ट म्याराथन र टार्गेट हिमालयको संयुक्त आयोजानमा भएको हो । म्याराथनमा ३० जना विदेशी सहित ३०४ जना खेलाडीहरुको सहभागीता जनाएका थिए ।
पुरुषतर्फ लुके रोभर्ट म्याराथनमा ४२ किलोमिटरमा प्रथम भएका थिए । क्रमशः दिपाकर शाह दोस्रो र बेन चिल्भेर्स तेस्रो भएका थिए । महिलातर्फ ४२ किलोमिटरमा क्रमशः सोइ स्कोरिक ,कोमा र चारुले प्रथम, द्धितिय र तेस्रो स्थान हासिल गरेका छन् । प्रतियोगितामा २१ किलोमिटर पुरुषतर्फ सुप्रिन तामाङ प्रथम, निखिल तामाङ दोस्रो र रन सिंहले तेस्रो स्थान हासिल गरेका छन् ।
टार्गेट हिमालयका अध्यक्ष सुजन तामाङले महिलातर्फ रेचेल लमन पहिलो,जुडित व्रुनसेल्स दोस्रो र लिलिन पेलुके तेस्रो भएको जानकारी दिनुभयो ।
म्याराथनको १० किलोमिटर पुरुषतर्फ सुदिप तामाङ पहिलो,रमेश तामाङ दोस्रो र सुजन तामाङ तेस्रो भएका छन् । आयोजकको जानकारी अनुसार, सुस्मिता तामाङ पहिलो,पासाङ तामाङ दोस्रो र गंगा तामाङ तेस्रो भएका छन् ।
म्याराथनमा सहभागी खेलाडी गंगा तामाङले स्वदेशी तथा विदेशी अन्य अनुभवी खेलाडीहरुसँग दौडिन पाएको खुशि व्यक्त गर्नुभयो । उहाँले यसभन्दा अघिपनि सहभागी हुनेगरेको स्मरण गर्दै यस म्याराथनले थप अनुभव बटुल्न पाएको बताउनुभयो । त्यस्तै काठमाडौं बाट सहभागी मनिसजंग थापाले पनि सहभागी हुन पाउँदा खुशी लागेको बताउनुभयो ।

९ मंसिर २०८१, आईतवार १३:५५