आजदेखि बडादशैँ शुरू


जनतापत्र, चौतारा ।
आजदेखि नेपालीहरुको महान चाड बडादशैँ शुरू भएको छ । घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित बडादशैँको पहिलो दिन आज घटस्थापना सुरु भएको हो । पूजाकोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।

१७ आश्विन २०८१, बिहीबार १२:०२