आगामी निर्वाचनमा माओवादी एक्लै लड्ने उपाध्यक्ष भुसालको दाबी


प्रमिला बि.क, चौतारा ।

आगामी निर्वाचनमा कुनै पनि पार्टी सँग गठबन्धन नगरी माओवादी एक्लै लड्ने नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल दाबी गर्नुभएको छ । माओवादी चौतारा साँगाचोकगढी नगरपालिका नगर समितिको तेस्रो सम्मेलन तथा खबरदारी सभालाई शनिबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । आफ्नो पार्टी संविधान संशोधनको विपक्षमा नरहेको स्पष्ट पार्दै
माओवादी सत्ता छोडेर जनतामा फर्किएको भन्दै अब कुनै पनि पाटी सँग उनले विगतका कमजोरी सच्याएर पार्टी अघि बढ्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘छिट्टै नयाँ कार्यदिशा लिएर ६ महिने पार्टी संगठन सुदृढीकरण अभियान लिएर जनताबिच जाँदैछौं’,

उहाँले आफ्नो पार्टी संविधान संशोधनको विपक्षमा नरहेको स्पष्ट पार्दै सरकारले दुई दलीय व्यवस्थाको लागि संविधान संशोधन गर्न खोजेको र माओवादी संशोधनको विपक्षमा नरहेको जानकारी दिनुभयो । ‘संशोधन नै गर्ने भए प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा कांग्रेस, एमाले आउनु पर्छ भनेका छौं उहाँले भन्नुभयो ।

सरकार संविधान मिचेर निरङ्कुश बन्ने बाटोमा हिँडेको माओवादी केन्द्रीय सदस्य एवम् प्रतिनिधि
सभा सदस्य माधव सापकोटाले बताउनुभयो ।
सरकार भ्रष्टाचारमा लिप्त रहेको अर्को आरोप लगाउँदै नेता सापकोटाले यदि त्यसो नभए भ्रष्टाचारको फाइल खोल्न पनि जानकारी दिनुभयो ।

२७ पुष २०८१, शनिबार १२:३४