आइ इ ए लाई हेरेर जलवायुको असर कम गर्न मूख्यमन्त्री लामाको जोड


जनतापत्र, मेलम्ची ।
आइ इ ए लाई हेरेर जलवायुको असर कम गर्न मूख्यमन्त्री बागमती प्रदेश सरकारका मूख्य मन्त्री बहादुर सिं लामाले जोड दिनुभएको छ ।
उहाँले जलवायु सम्मेलन २०८१ को अवसरमा सिन्धुपाल्चोकको गुफाडाँडा भौतिक पूर्वाधार र अन्य बिकास निर्माणको काममा आइ इ ए प्रोफाइल अनुसार हेरेर काम गरिनुपर्ने जानकारी दिनुभएको हो ।
त्यसको लागि सवै पक्षहरु जिम्मेबार भएर लाग्नुपर्नेमा जोड दिँदै लामाले प्राकृतिक बिपत्तिहरु जलवायु परिवर्तनको एक असर भएको तर्क व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममको प्रमुख अतिथि समेत रहेका लामाले बिकास निर्माणको कामलाई चुस्त बनाई प्रभावकारी कार्यन्वयनको लागि प्रदेश सरकारले धेरै योजनामा बहुबर्षिय बनाएको र बिकासलाई कहिल्यै पनि भोटसंग तुलना गर्न नहुने तर्क जानकारी दिनुभयो ।
गुफाडाँडालाई चियावगानको रुपमा बिकास गरि हिमाल हेर्ने वातावरण बनाउनुपर्नेमा पूर्व कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तामाङले जोड दिनुभएको थियो ।
देशको ठुला दई दलले सरकार सञ्चालन गरिरहेको बताउँदै यसमा कुनै गडबढी भए शैनिक शासन आउन सक्ने वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवाले बताउनुभयो ।
जलवायूको बिश्वव्यापी बिषय बनेको र नेपाल पनि वातावरणीय विषयमा पक्षराष्ट्रको रुपमा रहेको तर्क गर्दै असोज ११ र १२ को बाढी पहिरो जलवायु परिवर्तनको असर र मेलम्चीको भोगाईको वारेमा गम्भीर ध्यानाकर्षण भएको जानकारी दिनुभयो ।

सात वटा योजनाको लागि तत्कालीन भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलालसंग समन्वय गरि ३७ करोडको बजेट सुनिश्चित गरिएको प्रदेश साँसद कृष्णकुमार तामाङ समिरले जानकारी दिनुभयो । उहाँले मेलम्ची गुफडाँडा सडक निर्माणका लागि विशेष प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।

उक्त कार्यत्रलममा प्रगति अंग्रेजी बोर्डिङ स्कुलमा
अध्ययनरत बिद्यार्थीहरुले प्रस्तुत गरेको आकर्षक राउटे संस्कतिको नृत्य गरेका थिए ।
साथमा जेष्ठ नागरिक समूहको भजन किर्तनको नृत्य, तामाङ समुदायको झाँकी र जादुगर महादेब त्रिपाठीको जाधु कलालाई पनि प्रस्तुत गरिएको थियो ।

१८ पुष २०८१, बिहीबार ११:४८