/*php the_title();*/?>
जनतापत्र, मेलम्ची ।
अव मेलम्चीका वडाहरूले आफ्नै भवनबाट सेवा दिने भएका छन् ।
सबै वडाहरूले यो आर्थिक बर्षदेखि आफ्नै भवनबाट सेवा दिने मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । उहाँले मेलम्ची नगरपालिकाको कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन हस्तान्तरण तथा उद्घाटनको अवसरमा मन्तव्य राख्दै सो कुरा बताउनुभएको हो ।
उहाँले भवन निर्माण गर्ने संस्थालाई धन्यवाद दिँदै भवनको रेखदेख र मर्मत गर्ने जिम्मा नगरपालिकाको काँधमा आएको र पशुपन्छी सेवाको लागि यो भवन अतिनै महत्वपुर्ण रहेको जानकारी दिनुभयो ।
भवन नितिगत रूपमा नै नगरपालिकालाई प्राप्त भएको उहाँको भनाई थियो । यो बर्ष बाट सबै वडाको प्रशासनीक भवन निर्माण सम्पन्न हुने चरणमा रहेको प्रमुख तामाङले जानकारी दिनुभयो । सडक कालोपत्रे गर्ने , सिँचाईको कुलोहरू बनाउने, पर्यटन प्रवर्द्वन गर्नेमा जोड दिएर काम गरीरहेको नगर प्रमुख तामाङले बताउनुभयो । अधिकांश क्षेत्रको गुरु योजना बनिसकेकोले यो कार्यकालमा समृद्व नगरपालिका बनाउँन हरदम लागिरहने उहाँको भनाइ थियो ।
६ मंसिर २०८१, बिहीबार १२:४१