“अपाङ्गता समाबेशी बिकास” बारे सिकाइ आदानप्रदान कार्यक्रम


जनतापत्र, चौतारा ।
सिन्धुपाल्चोक जिल्लामा नगर अपाङ्गता समन्वय समितिको आयोजना तथा सिबिएम ग्लोबल सप्रोस नेपालको सहयोगमा “अपाङ्गता समाबेशी बिकास” बारे सिकाइ आदानप्रदान कार्यक्रम भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाको उप–प्रमुख सिता थापाको प्रमुख आतिथ्यता र नगर अपाङ्गता समन्वय समितिको अध्यक्ष सुशिला श्रेष्ठको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि थापाले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अपाङ्गताका सवालहरुलाई नगरपालिकाले प्रमुख प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उहाँले सरोकारवाला निकायहरु संग सहकार्य गरी कार्यक्रम संचालन गर्दै आएको बताउँदै आगामी आर्थिक बर्षका लागि पनि यस सवालमा गर्न सकिने उत्तम अभ्यासहरुलाई समेट्न आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा अपाङ्गताका सवाल संग सरोकार राख्ने बिभिन्न संस्थाहरु लगायत चौतारा साँगाचोकगढी नगरपालिकाका कार्यपालिका सदस्यहरु, नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु, अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा “अपाङ्गता समाबेशी बिकासमा” गरिएका सिकाइहरु तथा गर्न सकिने कार्यहरु सम्बन्धि अन्तरक्रियात्मक छलफल भएको थियो ।

८ पुष २०८१, सोमबार ११:५१