/*php the_title();*/?>
जनतापत्र, सुकुटे ।
सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा अपाङ्गता संगठन नेपाल सिन्धुपाल्चोकको प्रथम जिल्ला सम्मेलन सकिएको छ । सोमबार सम्पन्न भएको उक्त सम्मेलनमा दुर्गा बहादुर श्रेष्ठ
अध्यक्ष पदमा निर्वाचित भएका छन् । श्रेष्ठ अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति निर्वाचित भएका छन् ।
निर्वाचित समितिको उपाध्यक्षमा पदम बहादुर श्रेष्ठ, सचिवमा जयन्ती बस्नेत, कोषध्यक्षमा निमा लामा र सदस्यहरुमा नरमान श्रेष्ठ, दल बहादुर बिक, लेख बहादुर तामाङ, राजेन्द्र नेपाल, राधिका माझी, सरिता लामा, ज्ञानलाल श्रेष्ठ, पिरुपती अधिकारी लगायत अन्य सदस्य रहेका छन् ।
सम्मेलनबाट यम बहादुर थापाको संयोकमा निर्वाचित भएका छन् ।
५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । जसमा सदस्यहरु अम्मर बहादुर घले, धनपति नेपाल लगायत रहेका अन्य २ जना रहेका छन् ।निर्वाचित जिल्ला समितिलाई कार्यक्रमका प्रमुख अतिथी केशब नेपालले पद तथा गोपनीयताको सपथ खुवाएका थिए ।
२५ मंसिर २०८१, मंगलवार १०:३८