अपाङगता दिवस सिन्धुपाल्चोकमा विभिन्न कार्यक्रम गरि मनाइयो


जनतापत्र, चौतारा ।
विश्व अपाङ्गता दिवसको अवसर पारेर सिन्धुपाल्चोकमा विभिन्न कार्यक्रमहरु गरिएको छ ।
मंगलबार ३३ औँ विश्व अपाङ्गता सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालीकाले पनि सिर्जनात्मक तरीकाले मनाएको छ ।
मंगलबार दिउँसो अपाङ्गता भएका ब्यक्तिहरु, प्रहरी, महिला संजाल र जनप्रतिनिधि लगायतको सहभागीतामा बजार हुदै नगरपालिका प्राँगणमा पुर्याइएको र्याली कोणसभामा परिणत भएको थियो ।

दिवसको अवसरमा नगरपालीकाद्धारा महिला तथा बालबालिका र अपंगता भएकाहरुको हक अधिकार , शिक्षा क्षेत्रमा योगदान पुर्याएका ८ जना सम्मानित भएका छन् ।
यसैगरी अपाङ्गता भएका उच्च शिक्षा अध्ययन गरिरहेका ४ जना विद्यार्थीहरुलाई नगत पुरस्कार प्रदान गरिएको छ ।
सम्मानित हुनेहरु क्रमश नगर महिला सञ्जाल, चौतारा साँगाचोकगढी नगरपालिका अध्यक्ष एवं पुर्व उपप्रमुख जानुका पराजुली, जेष्ठ नागरिक जिल्ला अध्यक्ष माधव लाल कर्माचार्य, पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा अध्यक्ष जिवन श्रेष्ठ, बाल अधिकारकर्मी ललित राना, अभियान कर्ता पदम पराजुली, मानव अधिकारकर्मी नाती बाबु धिताल रहेका छन् ।
त्यस्तै अपाङ्गता दिवश बलेफीमा बिविध कार्यक्रमकासाथ मनाएको छ । ३३ औँ अन्तर्राष्ट्रिय दिवस अन्तरगतको कार्यक्रम अपाङ्गता अधिकारकर्मीहरुको सम्मान समेत गरिएको थियो ।
गाउँपालिकाले बिभिन्न संघ संस्थाहरुको साँझेदारीमा जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ
संबिधानमा लिपिबद्ध अधिकारको कार्यन्वयन गदै लक्षित बर्गहरुलाई माथि उठाउन सवैको भुमिका रहनुपर्नेमा दिवश कार्यक्रममा गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले जोड दिनुभयो ।
त्यस्तै जिल्लाको हेलम्बु गाउँपालिकाको आयोजना तथा पुनर्स्थापना र विकासका लागी स्रोत केन्द्र आर सि आर डिको समन्वयमा अपाङ्गता दिवस मनाईको छ ।
कार्यक्रममा आर सि आर डिका कार्यकारी निर्देशक सुर्यभक्त प्रजापतिले हेलम्बु गाउँपालिकामा अपाङ्गताको अवस्था,संस्थाले गरिरहेको काम,अपांगता भएका ब्यक्तिहरुको अधिकार, लगायतका विषयमा बताउनुभयो ।
समुदायकै आवस्यकताको आधारमा कार्यक्रम बनाउने र कार्यान्वयन गर्ने हेलम्बु गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछानेले बताउनुभयो ।

१९ मंसिर २०८१, बुधबार ११:५४